सुर्खेत- कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कालिकोटका १ र दैलेखका १७ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नयाँ संक्रमितमध्ये शुभकालिका गाउँपालिका–५ का १९ वर्षीय पुरुष र नारायण नगरपालिका वडा नम्बर ४, ५, ८ र ९ का १६ देखि ४८ उमेर समूहका १७ जना पुरुष छन्।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको मन्त्रालयका जनस्थ्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए।
पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा कोरोना संक्रमित बढिरहेका छन्।