आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोटीको सुजङ अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना परीक्षण गरिने

डोटीको सुजङ अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना परीक्षण गरिने

डोटीको सुजङ अस्पतालमा सुत्केरीको ज्यान गएको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

धनगढी– डोटीको सुजङ अस्पतालमा सुत्केरीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रवक्ता एवं प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार केआईसिंह गाउँपालिका–४, कारीबगरकी २९ वर्षीया नरुदेवी कार्कीको आइतबार बिहान साढे ६ बजे ज्यान गएको हो।

गत शुक्रबार अस्पताल भर्ना गरिएकी ती महिलाले सोही दिन बच्चा जन्माएकी थिइन्। उनको अप्रेसन गरेर बच्चा जन्माइएको अस्पतालले जनाएको थियो। तर, उनलाई शनिबार श्वासप्रश्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।

कार्कीको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयलाई उध्दृत गर्दै प्रहरी निरीक्षक बोहराले जानकारी दिए।

प्रकाशित: May 31, 2020| 10:37 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।