आइतबार, भदौ ७, २०८३

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या शनिबार साँझसम्ममा १२१ पुगेको छ। यसमा नेपालमा मृत्यु भएका ७ जना पनि समावेश छन्।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या शनिबार साँझसम्ममा १२१ पुगेको छ। यसमा नेपालमा मृत्यु भएका ७ जना पनि समावेश छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको तथ्यांकअन्सार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार युएईमा १ जना, युकेमा १ जना, अमेरिकामा १ जना, बहराइनमा २ जना, कुवेतमा १ जना र साउदी अरबमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

अहिलेसम्म सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको मृत्यु भएको छ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १७ पुगेको छ। यस्तै साउदी अरबमा ८ जना, बहराइनमा ३ जना, कुवेतमा २ जना, कतारमा १ जना, आयरल्याण्डमा १ जना, जापानमा १ जना, टर्कीमा १ जना, नेदरल्याण्डस्मा १ जना र स्वीडेनमा १ जनाको मृत्यु भएको छ।

नेपालबाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीड्रल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन्।

यसैबीच विदेशमा अलपब परेका नेपालीलाई स्वदेश फर्काउन संघले सरकारलाई सघाउने भएको छ। सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

प्रकाशित: May 31, 2020| 08:23 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।