आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लामो समय शून्य कोरोना संक्रमण भएको कर्णालीमा १०५ संक्रमित

लामो समय शून्य कोरोना संक्रमण भएको कर्णालीमा १०५ संक्रमित

कर्णालीमा एकै दिन ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

कर्णालीमा एकै दिन ५९ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधिमा सल्यान, कालिकोट र दैलेखमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार कालिकोटका १७ जना, सल्यानका २६ जना, दैलेखका १५ र बाजुराका १ जना गरी ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । कर्णालीका दश जिल्ला मध्ये कालिकोट र सल्यानमा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

कालिकोटका १७ जनामध्ये शुभकालिका गाउँपालिका १२ जना र महावै गाउँपालिका ५ जना रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको हो ।

त्यस्तै सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा एकै पटक २६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । त्यस्तै देलेखका १५ जना संक्रमित मध्ये एक जनाको शनिबार विहान नै मृत्यु भइसकेको छ ।

यसअघि कर्णालीमा दैलेख र सुर्खेतका गरी ४६ जना संक्रमित थिए । बाजुरा र बझाङका एक/एक जना सहित कर्णालीमा संक्रमितको संख्या १ सय ५ पुगेको हो ।

संक्रमित सबै भारतबाट आएका हुन् ।धेरै समयसम्म कर्णालीमा कोरोना संक्रमण शून्य थियो। तर भारतबाट मानिसहरु आउने क्रम बढेपछि संक्रमण बढेको हो।

प्रकाशित: May 31, 2020| 06:27 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।