आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट नेपाल फर्कने २० नाकामा विशेष सुरक्षा व्यवस्था

भारतबाट नेपाल फर्कने २० नाकामा विशेष सुरक्षा व्यवस्था

ती नाकामा थप सुरक्षाकर्मी परिचालन गरिने सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतविडाले शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि जानकारी दिए।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं- सरकारले लकडाउनका बेला भारतमा रहेका नेपालीलाई विभिन्न २० नाकाबाट नेपाल प्रवेशको व्यवस्था गरेको छ।

यसका लागि ती नाकामा थप सुरक्षाकर्मी परिचालन गरिने सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतविडाले शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि जानकारी दिए।

यसबारे सुरक्षा परिषद् बैठकमा पनि छलफल भएको प्रवक्ता खतिवडाको भनाइ छ। उनका अनुसार विश्व स्वास्थ्य संगठन मापदण्डबमोजिम भारतबाट फर्किएका नेपालीलाई व्यवस्थापन गर्न २० नाकामा सशस्त्र प्रहरी बल थप संख्यामा परिचालन गरिनेछ।

उनले भने, 'सीमा क्षेत्रहरुमा सीमा वारपारका गतिविधि र मान्छेको आवागमनलाई कडाइका साथ पालना गराउन सशस्त्र प्रहरीको गस्ती बढाउने एवं जनशक्ति थप्ने र त्यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ।'

भारतबाट नेपाल फर्कन तोकिएका नाकामा पशुपतिनगर, काकडभिट्टा, रानी कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला छन्।

शुक्रबार बसेकाे काेराेना राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिकाे सिफारिसअनुसार सरकारले भारतबाट फर्कन लागेका नेपालीलाइ फर्काउन यस्ताे व्यवस्था गरेकाे हाे। 

 

प्रकाशित: May 30, 2020| 22:10 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।