आइतबार, भदौ ७, २०८३

जेठ मसान्तसम्म थपियो लकडाउन

आज (शनिबार) साँझ बसेको मन्त्रपिरिषद् बैठकले जारी बन्दाबन्दी (लकडाउन) यही जेठ मसान्त (३२ गते) सम्म थप गर्ने निर्णय गरेको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

आज (शनिबार) साँझ बसेको मन्त्रपिरिषद् बैठकले जारी बन्दाबन्दी (लकडाउन) यही जेठ मसान्त (३२ गते) सम्म थप गर्ने निर्णय गरेको छ।

पछिल्लोपटक थपिएको लकडाउनको अवधि सकिन ३ दिन बाँकी हुँदै सरकारले समय थपेको हो। १२ दिन थपिएसँगै लकडाउनको समय ८० दिन पुगेको छ।

कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भनेर सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ।

यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने कार्ययोजना पनि स्वीकृत गरेको छ।

हिजोमात्रै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गर्दै विस्तृत कार्ययोजना तयार गरेको थियो।

प्रकाशित: May 30, 2020| 21:11 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।