शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु भएका दैलेखका युवाको दाहसंस्कार आजै गरिने

कोरोनाबाट मृत्यु भएका दैलेखका युवाको दाहसंस्कार आजै गरिने

दैलेखमा कोरोना संक्रमणबाट मृत्यु भएका युवाको शवलाई आजै दाहसंस्कार गरिने भएको छ।
 |  शनिबार, जेठ १७, २०७७
nespernesper

देव राना

देव राना

शनिबार, जेठ १७, २०७७

सुर्खेत- दैलेखमा कोरोना संक्रमणबाट मृत्यु भएका युवाको शवलाई आजै दाहसंस्कार गरिने भएको छ। ‘दाहसंस्कारका लागि टोली दुल्लुतिर हिँडिसकेको छ।’ जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दैलेखका डाक्टर निराजन पन्तले भने, ‘सुरक्षार्की र डाक्टरको संयुक्त टोलीले आजै दाहसंस्कार गर्छ।’

triton college

कोरोना पोजेटिभको खबर प्राप्त हुन वित्तिकै दाहसंस्कारका लागि नेपाली सेनाको सुरक्षा टोली, सुरक्षाकर्की लगायतको टोली मृतक भएको स्थान (दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवन) तिर हिडिसकेको डाक्टर पन्तले जानकारी दिए।

दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवाको आज बिहान अकस्मात मृत्यु भएको थियो। नगरप्रमुख घनश्याम भण्डारीका अनुसार मृतकमा कुनै पनि लक्षण देखिएको थिए।

‘कोरोनाको कुनै लक्षण नै देखिएको थिएन, आज बिहान पनि चिया बिस्कुट खाएका थिए, हिँडडुल गरिरहेका थिए, एक्कासी मृत्यु भयो।’ भण्डारीले भने, ‘हामीले त प्रेसरको समस्याले मृत्यु भयो कि भन्ने ठानेका थियौँ, रिपोर्ट पोजेटिभ आयो, समयमै परीक्षण हुन नसक्दा क्वारेन्टिनमा झन जोखिम बढ्यो।’

मृतकसहित ७९ जना १० दिनअघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए।

Metro Mart
vianet

‘बिहीबार नै स्वाव संकलन गरेका थिए, ३ दिनपछि रिपोर्ट आयो, समयमै जाँच भएको भए बचाउन पो सकिन्थ्यो कि ?’ उनले भने, ‘भारतबाट आएका सबैको तत्काल पीसीआर परीक्षण गर्न नसके नागरिक बचाउन गाह्रो हुने देखियो, युवाको अकस्मात मृत्युपछि क्वारेन्टाइनमा हल्लाखल्ला मच्चिएको छ के गर्ने कसो गर्ने, तनाव छ।’ दुल्लुमा मृतकसँगै अन्यको पनि कोरोना पोजेटिभ देखिएको खबर प्राप्त भएको भण्डारीले जनाए।

प्रकाशित: May 30, 2020| 19:15 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।