आइतबार, भदौ ७, २०८३

चौरजहारी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

रुकुमको चौरजहारी हत्याकाण्डका दाेषीमाथि कारबाही माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं- रुकुमको चौरजहारी हत्याकाण्डका दाेषीमाथि कारबाही माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। 

कांग्रेस पाठशालाको आयोजनामा भएको विरोध कार्यक्रमका सहभागीले घटनाका सम्बन्धमा छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सोती घटना अत्यन्तै क्रूर र जघन्य रहेको बताए।

सरकार दोषी पहिचान गरी कारबाही गर्नुको सट्टा संरक्षणतर्फ लागेको आरोप उनको छ। संघका अर्का महामन्त्री युवराज पाण्डेले पनि हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरेका छन्।

प्रदर्शनमा कांग्रेस नेताहरु कृष्ण रिजाल, प्रताप पौडेल, जिमी लामा, दलित संघका नेता मन्जित ताम्राकार, नेविसंघका नेताहरु रत्नहरि ढुंगेल, निमा गिरी, दलित विद्यार्थी संघका राजु सुनार, नारायण हमाल, तपेन खड्का, दीपक ओझालगायत सहभागी थिए।

प्रकाशित: May 30, 2020| 18:15 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।