आइतबार, भदौ ७, २०८३

क्वारेन्टिनमा रहेकी अर्की महिलाले जन्माइन् बच्चा

ठाँटीकाँध गाउँपालिका- २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रबार राति बच्चा जन्माएकी छन्।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

देलेख- ठाँटीकाँध गाउँपालिका- २ जनता प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलाले शुक्रबार राति बच्चा जन्माएकी छन्।

तीन दिनअघि भारतको पौडी गडुवालबाट आएकी २२ वर्षीया मीना बिकले शनिबार राती १० बजे शिशुको जन्म दिएकी हुन्।

मीनाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएको वडाअध्यक्ष रुपलाल विश्वकर्माले बताए। तीन वर्षअघि विवाह गरेकी मीना पति मनबहादुर विकसँग रोजगारीको लागि भारत गएकी थिइन्।

जेठ १४ मा उनी ठाँटीकाँध फर्किएकी हुन्। सुत्केरी व्यथा लाग्नासाथ क्वारेन्टाइनमा रहेकी मीनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाँटीकाँधमा सुरक्षित सुत्केरी गराउन ल्याउँदा बीच बाटोमै शिशु जन्माइएकी स्वास्थ्य केन्द्रकी इन्चार्ज लक्ष्मी कुमारी रावत (बुढा) ले जानकारी दिइन्।

उनका अनुसार शिशु र आमाको अवस्था ठिक छ। शिशु र सुत्केरी मीनाको स्वास्थ्य राम्रो रहेको र उनीहरुको पिसिआर जाँच्न बाँकी रहेको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मीकुमारी रावत बुढाले जानकारी दिइन्।

प्रकाशित: May 30, 2020| 17:35 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।