भक्तपुर - भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका ६ बाहखा बजारमा रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका ६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङ रहेका छन्।
बैंकको एटीएम फुटाउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले तामाङलाई शनिबार पक्राउ गरेको हो।