आइतबार, भदौ ७, २०८३

बजेटले किसानलाई निराश बनायो : किसान संघ

नेपाल किसान संघले आगामी आर्थिक वर्ष २०७७/०७८ काे बजेटले किसानलाई निराश बनाएको जनाएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं- नेपाल किसान संघले आगामी आर्थिक वर्ष २०७७/०७८ काे बजेटले किसानलाई निराश बनाएको जनाएको छ।

कृषि क्षेत्रमा विनियोजित बजेटको स्वरुप देखेर किसान निराश भएको संघले शनिबार विज्ञप्ति जारी गरी जनाएको छ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता बन्दाबन्दीले धराशयी बनेको अर्थतन्त्र कृषि क्षेत्रमा व्यापक लगानी गरी कृषि क्रान्तिका माध्यमबाट छोटो समयमै भरथेग गर्न सकिन्छ भन्ने विश्वासमा रहेका नेपाली किसान, कृषिविज्ञहरु यो बजेटबाट निराश भएको विज्ञप्तिमा उल्लेख छ।

‘कृषिको उत्पादक क्षमता बढाउने र नयाँ रोजगारी सिर्जना गर्ने जिम्मा हिजैदेखि खासै प्रभाव देखाउन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई दिइनु उपलब्धिहीन हो’ विज्ञप्तिमा भनिएको छ।

लक्षित वर्गसम्म पुग्न नसकेको र व्यापक अनियमितता भएको भनी गम्भीर रुपमा आलोचित व्यक्तिलाई अनुदान दिने परिपाटी कायमै राखिएको भन्दै संघले बजेटभित्र व्यवस्था गरिएका यो संयन्त्रहरुले नेपालको कृषिलाई कही नपुर्याउने निष्कर्ष निकाल्दै बजेटमा पुनरवलोकन गर्न माग गरेको छ।

साथै संघले भारत प्रवेश गरिसकेको सलह किरा निकट भविष्यमै नेपालमा पनि प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी समयमै यसको निवारणको व्यवस्था मिलाउन माग गरेको छ।

प्रकाशित: May 30, 2020| 17:05 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।