आइतबार, भदौ ७, २०८३

क्वारेन्टाइनमै जन्मन थाले बच्चा

बाजुरामा एक महिलाले क्वारेन्टाइनमै छोरी जन्माएकी छिन्। जिल्लाको बुढीगंगा नगरपालिका–१ धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा स्थानीय विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति छोरी जन्माएकी हुन्।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं – बाजुरामा एक महिलाले क्वारेन्टाइनमै छोरी जन्माएकी छिन्। जिल्लाको बुढीगंगा नगरपालिका–१ धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा स्थानीय विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति छोरी जन्माएकी हुन्।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी २० वर्षीय चदाराले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी वडा सदस्य ललित थापाले जानकारी दिए। सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताइन्। उनका अनुसार बच्चा र आमाको अवस्था सामान्य रहेको छ।

यस्तै धुरालसैन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा तीन दिनकी सुत्केरी अर्की २० वर्षीया पूजा नेपाली पनि बसिरहेको बुझिएको छ। भारतबाट फर्किँदा बीच बाटोमै सुत्केरी भएर आएकी नेपाली र उनका पति पनि क्वारेन्टाइनमै रहेका छन्।

यस्तै शुक्रबार बिहान मात्र अछाममा पनि एक महिलाले क्वारेन्टाइमा नै छोरा जन्माएकी छिन्।

प्रकाशित: May 30, 2020| 16:26 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।