आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव पेस

कांग्रेस बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्ने प्रस्ताव पेस

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने प्रस्ताव गएको छ ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने प्रस्ताव गएको छ ।

संविधान संशोधनका बिषयमा छलफल गर्न शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उक्त प्रस्ताव स्पष्टसँग पेश भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ।’ शर्माले ट्वीट गरेका छन्।

सरकारले मुलुकको नयाँ नक्साअनुसारको निसान छाप बनाउन संविधान संशोधन विधेयक शुक्रबार संसदमा दर्ता गराएपछि त्यसबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो।

सरकारले भारतले अतिक्रमण गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरिएपछि संविधानको अनुसूची (३) मा रहेको निसान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्नुपर्ने छ।

प्रकाशित: May 30, 2020| 16:34 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।