आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनको मोडालिटी र विदेशमा रहेका नेपालीको उद्धारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको मोडालिटी र विदेशमा रहेका नेपालीको उद्धारबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आज (शनिबार) साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

आज (शनिबार) साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

साँझ ५ बजे प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बस्ने बैठकको मुख्य एजेन्डा देशमा जारी लकडाउनको मोडालिटी र विदेशमा रहेका नेपालीको उद्धार रहेको बताइएको छ।

गएको चैत ११ गतेदेखि जारी लकडाउनको अवधि ३ दिनपछि सकिँदैछ। आजको बैठकमा लकडाउनलाई यही स्वरुपमा निरन्तरता दिने वा मोडालिटी परिवर्तन हुने भन्नेबारेमा विस्तृत छलफल हुने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन्।

त्यसैगरी बैठकले विदेशमा रहेका नेपालीको उद्धार गर्नेबारे पनि ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। हिजो (शुक्रबार) उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिले विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको थियो।

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको थियो। उक्त निर्णयलाई आजको मन्त्रिपरिषद् बैठकले औपचारिकता दिने बताइएको छ।

 

प्रकाशित: May 30, 2020| 15:08 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।