आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक सुरु

संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक सुरु

संघीय संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं- संघीय संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार १ बजेबाट सुरु बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत बैठकमा सहभागी छन्।

सरकारले मुलुकको नयाँ नक्सा अनुसारको निसान छाप बनाउन संविधान संशोधन विधेयक शुक्रबार संसदमा दर्ता गराएपछि त्यसबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो।

सरकारले भारतले अतिक्रमण गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरिएपछि संविधानको अनुसूची (३) मा रहेको निसान छापभित्र रहेको मुलुकको पुरानो नक्सा परिवर्तन गर्नुपर्ने छ।

नेपाली कांग्रेसले संविधान संसोधन विधेयकको पक्षमा आफनो दलको समर्थन रहे पनि पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने जनाएको छ।

प्रकाशित: May 30, 2020| 14:05 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।