आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक, मन्त्री खतिवडा र ज्ञवाली तथा भीम रावल पनि सहभागी

एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक, मन्त्री खतिवडा र ज्ञवाली तथा भीम रावल पनि सहभागी

सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकको मुख्य एजेन्डा एमसिसी परियोजना रहेको बताइएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकको मुख्य एजेन्डा एमसिसी परियोजना रहेको बताइएको छ।

संसदमा दर्ता भएको र पारित नभइसकेको उक्त परियोजना आगामी आवको बजेटमा समावेश भएको भन्दै नेकपाभित्र असन्तुष्टि बढेको छ।

आजको सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन्।

एमसीसीबारे अध्ययन गर्न यसअघि नेकपाले सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रावल र ज्ञवाली सम्मिलित कार्यदल पनि बनाएको थियो।

गत माघमा गठित उक्त कार्यदलले यथास्थितिमा एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो। सरकारले संसदको यो अधिवेशनमा एमसिसी पारित गर्ने तयारी गरेको छ।

प्रकाशित: May 30, 2020| 11:55 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।