आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डब्ल्यूएचओसँग सबै नाता तोडेको ट्रम्पको घोषणा, चीनको कठपुतली भएको आरोप

डब्ल्यूएचओसँग सबै नाता तोडेको ट्रम्पको घोषणा, चीनको कठपुतली भएको आरोप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सबै नाता तोडेको घोषणा गरेका छन्।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सबै नाता तोडेको घोषणा गरेका छन्।

कोरोना भाइरस संक्रमणको कुरामा डब्लूएचओले चीनलाई जिम्मेवार बनाउन नसकेको उनको आरोप छ।

ह्वाइटहाउसमा सञ्चारकर्मीसँग बोल्दै ट्रम्पले डब्ल्यूएचओसँगको सम्बन्ध तोडेर त्यो रकमलाई अन्य जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउने बताए।।

उनले भने, चिनियाँ सरकारको दुर्भावनाका कारण अहिले विश्व पीडित भइरहेको छ।"

उनले विश्वलाई भ्रमित पार्न चीनले डब्ल्यूएचओलाई दबाव दिएको आरोप पनि लगाए।

ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई रकम नदिने बताएका थिए।

उनले डब्ल्यूएचओलाई चीनको "कठपुतली" भएको आरोप लगाएका थिए।

चीनलाई दण्डित गर्न विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, 'डब्ल्यूएचओमा चीनको पूर्ण नियन्त्रण छ।'

अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको रकम अब अन्य निकायलाई दिइने पनि ट्रम्पले बताएका छन्।

गत वर्ष ४० करोड अमेरिकी डलर डब्ल्यूएचओलाई दिएको अमेरिका उसलाई सबैभन्दा धेरै रकम प्रदान गर्नेमध्ये देशमध्ये पर्छ।

कोरोनाभाइरस महामारी व्यवस्थापनबारे डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले आलोचना खेप्दै आएका छन्

यसै वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुनका लागि चुनावी अभियान गरिरहेका ट्रम्पलाई देशभित्रैबाट महामारी व्यवस्थापन गर्न नसकेको आरोप लाग्दै आएको छ।

ट्रम्पले भने चीनलाई कोरोनाभाइरस महामारी लुकाएको आरोप लगाउँदै आएका छन्।

अमेरिका महामारीका कारण विश्वमै सबैभन्दा धेरै मानिसहरूको निधन भएको मुलुक बन्न पुगेको छ।

चीनले भने अमेरिकामा भाइरस फैलिनुमा अमेरिका स्वयम् जिम्मेवार रहेको बताएको छ।

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले कोरोनाभाइरस महामारीबारे चालिएका कदमहरूको एउटा स्वतन्त्र छानबिन गर्ने निर्णय गरिसकेका छन्।

 

प्रकाशित: May 30, 2020| 11:36 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।