काठमाडौं– एटीएम फुटाउँदै गरेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपालचोक कदम्बास घर भइ हाल भक्तपुर बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई प्रहरीले प्रक्राउ गरेको हो।
गएराति २ बजेतिर तामाङलाई मध्यपुर ठिमीस्थित एनआईसी एसिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए।
उनको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद गरेको प्रहरीले जनाएको छ।