दैलेखमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।
शुक्रबार राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल. जुम्लाको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।
नयाँ संक्रमित सबै नारायण नगरपालिका रहेका छन् । उनीहरु केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए । नयाँ संक्रमित हुनेहरुमा नारायण नगरपालिका वडा नः २ मा एक जना, ३ एक जना, ४ तीन जना, ६ एक जना, ८ मा २ जना, ९ मा २ जना १० मा दुई जना,११ मा दुई जना रहेका छन् ।
उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णाली प्रदेशमा ६० जना संक्रमित पुगेका छ ।
कर्णालीका दश जिल्ला मध्ये हालसम्म दैलेख र सुर्खेतमा मात्रै कोरोना संक्रमित भेटिएका छन् । अन्य जिल्लाबाट स्वाव संकलन गरेपनि परीक्षण हुन सकेको छैन ।
किट अभाव भएपछि सुर्खेतका प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशालाको पीसीआर मेसिन ठप्प छ । दुई दिनदेखि संकलित स्वावहरु सुर्खेतबाट जुम्ला पठाउने गरिएको छ ।