नेपाली सेनाका अवकाशप्राप्त उपरथी सुधिर श्रेष्ठ आर्थिक अनियमितताको आरोपमा दोषी ठहर भएका छन्।
सैनिक अदालतले अवकासप्राप्त प्राविधिक उपरथी श्रेष्ठलाई दोषी ठहर गर्दै ५८ लाख ५ हजार रुपैयाँ असुल गर्ने फैसला गरेको छ।
सैनिक प्रवक्ता रहायक रथी विज्ञानदेव पाण्डेले श्रेष्ठमाथि हवाई महानिर्देशनालयमा महानिर्देशक रहँदा अनियमितता गरेको खुलेको जानकारी दिए। श्रेष्ठले सैनिक सेवाबाट गत मंसिरमा राजीनामा दिएका थिए।
सैनिक अदालतले जेठ महिनामा भ्रष्टाचार आरोपमा सजाय तोकेको यो दोस्रो घटना हो। यसअघि सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भएको आर्थिक अनियमिततामा एक कर्नेललाई जेठ ६ गते सेनाबाट बर्खास्त र दुई महिना जेल सजायको फैसला सुनाएको थियो।
यस्तै आर्थिक अनियमितताको आरोपमा सेनाका दुई उच्च अधिकृत केही दिनदेखि सैनिक हिरासतमा छन्। यससम्बन्धी सैनिक मुख्यालयले छानविन गरिरहेको छ।