आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपाको संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार

राजपाको संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार

राजपा र समाजवादी पार्टीले दर्ता गराउन लागेको संविधान संशोधन विधेयक संसद सचिवालयले अस्वीकार गरेको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- राजपा र समाजवादी पार्टीले दर्ता गराउन लागेको संविधान संशोधन विधेयक संसद सचिवालयले अस्वीकार गरेको छ।

संविधानमा रहेका आफ्नो असन्तुष्टिलाई संशोधनमार्फत् समाधान गर्ने भन्दै राजपा सांसदहरुले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन चाहेका थिए।

‘प्राईभेट बिल’ का रुपमा राजपाले अगाडि बढाएको विधेयक संसदको महासचिवले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै दर्ता गर्न अस्वीकार गरेको राजपाका महासचिव केशव झाले बताए।

उनका अनुसार विधेयक दर्ता गर्न संसद सचिवालयले कसैसँग छलफल गर्नु पर्दैन। तर, विधेयक दर्ता गर्नकै लागि सभामुखसँग छलफल गर्नुपर्ने विषय उठाएर संसदको महासचिवले संसदको मर्यादा उल्लंघन गरेको झाले बताए।

प्रदेशको सीमा, अधिकार, भाषा र नागरिकता लगायतको विषमया मधेशवादी दलहरुले संविधान संशोधनको माग गर्दै आएका छन्। सोही विषयमा अहिले विधेयक दर्ता गराउन खोजेको हो।

प्रकाशित: May 29, 2020| 19:00 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।