आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा विवाद हुँदा सीमा क्षेत्रका जनतामा समस्या : सीके लाल

सीमा विवाद हुँदा सीमा क्षेत्रका जनतामा समस्या : सीके लाल

राजनीतिक विश्लेषक सीके लाले सीमा विवाद बढेका बेला सीमा क्षेत्रका जनताले दुख पाउने भएकाले निरन्तरको छलफलबाट समाधान गरिनुपर्ने बताएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- राजनीतिक विश्लेषक सीके लाले सीमा विवाद बढेका बेला सीमा क्षेत्रका जनताले दुख पाउने भएकाले निरन्तरको छलफलबाट समाधान गरिनुपर्ने बताएका छन्।

राजनीतिक सीमाना भन्दा भावनात्मक सीमालाई बढाउनु पर्ने भन्दै उनले सीमा क्षेत्रका जनतालाई राज्यले सुविधा, अपनत्व र सुरक्षा दिनु जरुरी रहेको बताएका छन्।

आदिवासी जनजाति महासंघले सीमा विवादको विषयमा आयोजना गरेको भचुअल छलफलमा लालले कालापानी क्षेत्रमा नेपालले झण्डा गाडने काम मात्र गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

लिम्पियाधुरा, लिपुलेक र कालापानी वा अन्य सीमा क्षेत्रका जनता काम, किनमेल र औषधि उपचारका लागि भारततर्फ नै जाने गरेको भन्दै त्यसता क्षेत्रमा राज्यले उपस्थिति बढाएर अपनत्वको अनुभव गराउनुपर्ने उनले सुझाव दिए।

त्यस क्षेत्रको अध्ययन गरेका डा. मुक्त सिंह लामाले भने, ‘त्यहाँका जनताले भन्छन्, चीनको राशन खान्छौं, भारतको शासनमा छौ, नेपालको भाषण सुन्छौं।’

विश्लेषक लालले सीमा क्षेत्रका जनतामाथि अविश्वास गर्दा राज्यलाई नै समस्या हुने बताए। ‘सिमा क्षेत्रका जनतालाई शासनमा मुख्य जिम्मेवारी दिइनु पर्छ,’ उनले भने, ‘सीमा क्षेत्रका जनतामाथि राज्यले अविश्वास गर्छ त्यसपछि जनताले पनि अविश्वास गर्न थाल्छ।’

प्रकाशित: May 29, 2020| 18:43 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।