आइतबार, भदौ ७, २०८३

लकडाउन अवधिमा २०७ नेपाली श्रमिकको विदेशमा मृत्यु

वैदेशिक रोजगारीका क्रममा गएका २ सय ७ नेपाली श्रमिकले लकडाउनको अवधिमा विदेशमा ज्यान गुमाएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा गएका २ सय ७ नेपाली श्रमिकले लकडाउनको अवधिमा ज्यान गुमाएका छन्।

पछिल्लो एक सातामा मात्र २० जना नेपाली श्रमिकले ज्यान गुमाएको खुलेको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार सबैभन्दा धेरै साउदी अरबमा ५७ नेपालीले लकडाउन अवधिमा ज्यान गुमाएका छन्। त्यहाँ ज्यान गुमाउनेमा १ महिला र बाँकी पुरुष छन्।

साउदी अरबपछि मलेसियामा ५२, युएईमा ४ महिला र ४४ पुरुषसहित ४८ तथा कतारमा १ महिलासहित ३७ जनाले ज्यान गुमाएका छन्। बोर्डका अनुसार कुवेतमा ज्यान गुमाउनेको संख्या ११ छ।

यसमध्ये कोरोनाकै कारणले ज्यान गुमाउने नेपाली श्रमिकको संख्या २३ रहेको बोर्डका कार्यकारी प्रमुख राजन श्रेष्ठले जानकारी दिए। वैदेशिक रोजगारीमा गएका सयौँ नेपालीले वर्षेनी ज्यान गुमाइरहेका छन्।

६१ परिवारले दिए विदेशमै दाहसंस्कारको अनुमित

यस्तै वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा ज्यान गुमाउने ६१ जनाको परिवारले विदेशमै दाहासंस्कार गर्न सरकारलाई सहमति दिएका छन्।

बोर्डका अनुसार लकडाउनका कारण शव स्वदेश ल्याउन नसकिएका नेपाली श्रमिकको दाहसंस्कारका लागि पछिल्लो समय ६१ परिवारले सहमति दिएका हुन्।

यो संख्या दुई साताअघि मन्त्रिपरिषद् बैठकले विदेशमा दाहसंस्कार गर्न सहमति दिने परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेयताको हो।

लकडाउन सुरु भएयता भने ७५ परिवारले विदेशमै शव दाहसंस्कारको लागि सहमति दिएको कार्यकारीका दिर्नेशक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार अझै १ सय ५२ वटा शव दाहसंस्कारका लागि परिवारको सहमति पाउन बाँकी छ।

श्रेष्ठका अनुसार लकडाउनयता युएईमा ज्यान गुमाएका ४ महिला र ४४ पुरुषसहित ४८ नेपाली श्रमिकमध्ये ३६ परिवारले दाहसंस्कारका लागि सहमति दिएका छन्।

यस्तै साउदी अरबमा मृत्यु हुने १ महिला र ५७ पुरुषको शवमध्ये ११ जनाको मात्र दाहसंस्कारका लागि परिवारले सहमति दिएका छन्। अझैँ ४७ शव परिवारको सहमति नहुँदा अलपत्र अवस्थामा छन्।

यस्तै मलेसियामा ज्यान गुमाएका ५२ मध्ये ४ जनाका परिवारले मात्र सहमति दिएका भने कतारमा ३७ जनामध्ये १० जनाका परिवारले मात्र सहमति दिएका छन्।

कुवेतमा ११ शवमध्ये कसैको परिवारले सहमति नदिएको श्रेष्ठले जानकारी दिए। बहराइनमा रहेका ५ शवमध्ये २ परिवार र दक्षिण कोरियामा रहेका सबै ४ शवका लागि सहमति प्राप्त भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार वैदेशिक रोजगारीमा जाँदा अन्य विभिन्न देशमा ज्यान गुमाएका ११ मध्ये ८ जनाको दाहसंस्कारका लागि परिवारले सहमति दिएका छन्।

विदेशबाट नेपालमा शव ल्याउन निकै झण्झटिलो र खर्चिलो पनि धेरै हुने भन्दै सरकारले सम्बन्धित देशमै शव जलाउन परिवारलाई सहमति माग्ने निर्णय गरेको छ। त्यसवापत प्रति शव ५० हजारका दरले खर्च दिने सरकारले निर्णय गरेको छ।

सम्बन्धित देशमै शव दाहसंकार गर्नका लागि परिवारको सहमित अनिर्वाय चाहिन्छ।

प्रकाशित: May 29, 2020| 18:03 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।