आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुमपश्चिम प्रकरणमा गृहमन्त्री थापाको राजीनामा माग

रुकुमपश्चिम प्रकरणमा गृहमन्त्री थापाको राजीनामा माग

रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन नभएको भन्दै नेपाल दलित विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन नभएको भन्दै नेपाल दलित विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ।

संघले जातिय आधारमा भएको उक्त घटनालाई सरकारले गम्भीरताका साथ नलिएको आरोपसमेत लगाएको छ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी संघले उक्त घट्नालाई कुनै पनि हालतमा तोडमोड र राजनीतिकरण नगर्न पनि चेतावनी दिएको छ।

राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारले २१औं शताब्दीमा यस्तो घटना हुनु भनेको निन्दनीय भएको बताए।

उनले यो घटना नेकपाका नेता जनार्दन शर्माको निर्देशनमा भएको आरोप लगाए। ‘संसदमा उहाँ बोल्दै गर्दा पीडक बचाउने किसिमको अभिव्यक्ति थियो’, ताम्राकारले भने। नवराज बिकलगायत युवाहरुलाई गाउँमा हत्या गरेर भेरी नदीमा बगाईएको उनको आरोप छ।

उनले जतिसक्दो चाँडो यो घटनाको सत्य, तथ्य बाहिर ल्याउनको लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने पनि माग गरे।

कार्यक्रममा नेविसंघका महामन्त्री युवराज पाण्डेले उक्त घटनाको विरुद्धमा सिंगो मानवता पक्षधर विश्व समूदाय एक ठाउँमा उभिएको सुनाउँदै आफ्नो संगठनको एक्येबद्धतामात्रै नभई पूर्ण साथ रहेको स्पष्ट पारे। उनले वर्तमान सरकार र सत्तारुढ दल नेकपाले घटनालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए।

नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरे।

उनले घटनाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसमा दलित आयोग र दलित समूदायका व्यक्तिहरुलाई पनि राख्नुपर्ने धारणा राखे।

नवराज हत्याकाण्ड नेपालको संविधान र कानूनको धज्जी उडाएको उनको भनाइ छ। मुलुकको गृहमन्त्री भैसकेका जनार्दन शर्मा र शक्ति बहादुर बस्नेतको क्षेत्रमा घटना घट्नु र आजसम्म न्याय नपाउनु भनेको लज्जाको विषय भएको उनको आरोप छ।

उनले भने, ‘दुईदुई जना व्यक्ति गृहमन्त्री भैसकेको ठाउँमा जुन घटना घट्यो, यदि उहाँहरु न्यायप्रेमी हुनुहुन्थ्यो भने न्यायको लागि आज यत्रो दिनसम्म संघर्ष र आन्दोलन गर्नुपर्दैनथियो होला नि, हिजो तपाईहरु नवराज बिकहरु जस्तैले बनाएका बन्दुकको बलमा सत्तामा पुग्नुभयो। बन्दुक उठाउनु नपरोस्।’

नेपाल दलित विद्यार्थी संघका बरिष्ठ उपाध्यक्ष डम्बर सुनारले रुकुमपश्चिमको घटना कुनै पनि कोणबाट क्षम्य नभएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय गरिनुपर्ने माग गरे।

प्रकाशित: May 29, 2020| 17:56 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।