सुर्खेत - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज कर्णाली प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कलौनीले मृत्युमार्गका रुपमा चिनिने कर्णाली राजमार्गमा ट्रमा सेन्टर स्थापना हुने जनाए। राजमार्गमा बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राख्दै दैलेखको आठविस नगरपालिकाको राकममा ट्रमा सेन्टर स्थापना गरिने भएको हो ।