आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अधिवेशनअघि प्रदेश सांसद र कर्मचारीको कोरोना परीक्षण

अधिवेशनअघि प्रदेश सांसद र कर्मचारीको कोरोना परीक्षण

प्रदेशसभा बैठकपूर्व प्रदेश सांसद, कर्मचारी र सुरक्षाकर्मीहरुको कोरोना परीक्षण सुरु गरिएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

जनकपुरधाम- प्रदेश २ मा प्रदेशसभाको चौथो अधिवेशन २१ जेठदेखि सुरु हुँदै छ। प्रदेशसभा बैठकपूर्व प्रदेश सांसद, कर्मचारी र सुरक्षाकर्मीहरुको कोरोना परीक्षण सुरु गरिएको छ।

प्रदेशसभाको चौथो अधिवेशन सुरु हुनुपूर्व प्रदेशसभा परिसरमा विहिबारदेखि प्रदेश सांसद, कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन भइरहेको छ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जीत यादवले सभामुख, उपसभामुख, प्रदेश सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीसहित २ सय ५० जनाको स्वाब संकलन गरिने जानकारी दिए ।

प्रदेशसभाको चौथो अधिवेशन सुरुहुनुपूर्व संकलन गरिएका स्वाबको रिपोर्ट आइसक्ने यादवले बताए। प्रदेश २ को प्रदेशसभामा सभामुखसहित १०७ जना सांसद छन्।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा १ अनुसार जेठ २१ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको चौथो अधिवेशन आह्वान गरेका छन्। चौथो अधिवेशनमा प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ।

 

प्रकाशित: May 29, 2020| 16:55 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।