आइतबार, भदौ ७, २०८३

धनुषाका सीडीओलाई कोरोना संक्रमित भनिएपछि...

केही दिनयता नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या तिव्र गतिमा बढीरहेको छ। खास गरेर प्रदेश २ मा संक्रमितको दर बढ्दो छ। भारतसँगको खुला सीमाका कारणपनि प्रदेश २ कोरोनाको उच्च जोखिममा छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

जनकपुरधाम - केही दिनयता नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या तिव्र गतिमा बढीरहेको छ। खास गरेर प्रदेश २ मा संक्रमितको दर बढ्दो छ। भारतसँगको खुला सीमाका कारणपनि प्रदेश २ कोरोनाको उच्च जोखिममा छ।

पछिल्लो पटक भारतबाट आएकालाई नाका प्रवेश गर्न सहजीकरण गरिएपछि संक्रमितको संख्या थपिँदै गएको छ। कोरोना संक्रमितको संख्या बढीरहेकै बेला धनुषाका सीडीओ कोषहरि निरौलामा पनि कोरोना पोजेटिभ देखिएको खबर शुक्रबार बिहान आयो। जिल्लाका प्रमुख व्यक्तिमै संक्रमण देखिएको खबरबारे सबैले चासो लिए। केहीबेरमै सामाजिक सञ्जालमा ‘धनुषाका सीडीओलाई पनि कोरोना’ भन्ने पोस्टहरु छ्यापछ्याप्ती आउन थाले।

तर, धनुषाका प्रमुख जिल्ला अधिकारी निरौलाले आफू संक्रमित रहेकोबारे सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएको खबर झुठो रहेको बताए। ‘मलाई केही भएको छैन्, अहिलेपनि कार्यालयमा बसेर काम गरिरहेको छु,’ नेपाल समयसँग कुरा गर्दै उनले भने, ‘काठमाडौंको एक सञ्चार माध्यमले झुठो खबर फैलाएको छ।’

‘मैले त्यो सञ्चारमाध्यममा फोन गरेर कुरा गरेर भनिसकेको छु,’ उनले थपे, ‘कसरी कहाँबाट यस्तो खबर आयो बुझिएन।’ संक्रमण देखिएको भए कार्यालयमा बसेर कसरी काम गरिन्थ्यो उनले प्रतिप्रश्न गरे।

यता प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि धनुषाका सीडीओ निरौलामा संक्रमण नदेखिएको पुष्टि गरिसकेको छ। मन्त्रालयका सचिव कृष्णहरि पुष्करले भने, ‘धनुषाका सीडीओ साहेब फिट, फाइन र हेल्दी हुनुहुन्छ। अहिले पनि जनकपुरमा आफ्नो काममा सदा झैं व्यस्त हुनुहुन्छ।’

प्रकाशित: May 29, 2020| 16:48 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।