जनता समाजवादी पार्टी (राजपा–समाजवादी) ले प्रतिनिधिसभामा संविधान संशोधन प्रस्ताव दर्ता गराउने भएको छ।
मधेशी–आदिवासीहरुले उठाउँदै आएको संविधान संशोधनको मागलाई समेटी जसपाले संविधान संशोधन विधेयक दर्ता गराउन लागेको हो।
प्रदेशको सीमाकंन, नागरिकता, भाषालगायतका विषयमा मधेशवादी दलहरुले असन्तुष्टि जनाउँदै आएका छन्।
सरकारले हालै जारी गरेको नयाँ नक्साको सम्बन्धमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने भएपछि जसपाले पनि प्राइभेट बिलका रुपमा प्रस्ताव दर्ता गराउन लागेको हो।
आजै उक्त विधेयक संसद सचिवालयमा दर्ता हुने राजपाका महासचिव केशव झाले बताए।