आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हातपात गर्नेमाथि कारवाही माग्दै नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलनमा

हातपात गर्नेमाथि कारवाही माग्दै नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलनमा

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई हातपात गरेको विरोधमा नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकलाई हातपात गरेको विरोधमा नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

हातपात गर्नेलाई कारवाही गर्नुपर्ने र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै मेडिकल कलेजका चिकित्सकले कालोपट्टी बाँधेर आन्दोलन थालेका छन्।
नेपाल मेडिकल कलेजमा उपचाररत महिलाको गत शनिबार मृत्यु भएको थियो।

आवासीय चिकित्सक डा. गुन्जन खड्काले अस्पतालको आकस्मिक सेवा र फिभर क्लिनिकबाहेक अन्य सेवा ठप्प गरी आफूहरु आन्दोलनमा उत्रिएको बताए।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई गालीगलौज गर्दै लात्ती र मुक्का प्रहार गरेका थिए।

उक्त समयको सीसीटीभी फुटेज गायब पारिएको आरोप लगाएका छन्। चिकित्सकले ७२ घन्टाभित्र सीसीटीभीको फुटेज ननिकालिए र घटनाका दोषीलाई कारबाही नगरिए प्रशासनमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: May 29, 2020| 14:38 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।