आइतबार, भदौ ७, २०८३

अछामको क्वारेन्टिनमै जन्मियो बच्चा

अछामको मेल्लेख गाउँपालिकामा क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छिन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- अछामको मेल्लेख गाउँपालिकामा क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छिन्।

वडा नम्बर ३ को नवदुर्गा आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेकी एक महिलाले शुक्रबार बिहान छोराको जन्म दिएकी हुन्।

स्थानीय दत्तया नेपालीकी पत्नी २६ वर्षीया सुना नेपालीले क्वारेन्टिनमा छोराको जन्म दिएको ठाँटी स्वास्थ्य चौकीकी अनमी सम्झना सिंहले जानकारी दिइन्।

शिशुको तौल साढे ३ किलो रहेको र आमा र बच्चालाई सुरक्षित ठाउँमा राखिएको वडा स्वास्थ इन्चार्ज नरेन्द्र शाहीले जानकारी दिए।

गाउँलेहरुसँगै जेठ १३ गते भारतको दिल्लीबाट आएका उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो।

प्रकाशित: May 29, 2020| 14:25 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।