आइतबार, भदौ ७, २०८३

जिसस अधिकारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

महोत्तरीका जिल्ला समन्वय समिति अधिकारीसहित अन्य दुईजना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

जनकपुरधाम- महोत्तरीका जिल्ला समन्वय समिति अधिकारीसहित अन्य दुईजना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

महोत्तरीमा बिहीबार संक्रमण देखिएका १७ जनामा जिल्ला समन्वय अधिकारीमा कोरोना पुष्टि भएको हो। जिल्ला समन्वय समितिका अधिकारीसहित कार्यालयका एकजना खरिदार र उनको चालकमा कोरोना पुष्टि भएको बताइएको छ।

संक्रमण पुष्टि भएका जिसस अधिकारी र उनका चालक अहिले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन्। उनी जलेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत छन्। यसैगरी संक्रमण देखिएको खरिदारलाई जिल्ला अस्पताल, जलेश्वरको आइसोलेसनमा राखिएको छ।

जेठ ९ मा स्वाब संकलन भएका तीनैजनाको कोरोना परीक्षण नतिजा बिहीबार आएको हो।

जिल्ला समन्वय समिति तथा नगरपालिकाका कार्यकारी अधिकृतसमेत रहेका उनलाई कोरोना पोजिटिभ देखिएलगत्तै कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए।

यता प्रदेश २ सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाका एकजना कर्मचारीका साथै धनुषाको एक क्वारेन्टिनमा खटिएका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको बताइएको छ।

आपूर्ति महाशाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत एकजना महिला कर्मचारीमा संक्रमण पुष्टि भएको महाशाखा स्रोतले जनायो। यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित क्वारेन्टिनमा खटिएका एकजनामा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।

कोरोना संक्रमण देखिएका आपूर्ति महाशाखाका कर्मचारी र स्वास्थ्यकर्मीलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।

प्रकाशित: May 29, 2020| 14:20 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।