आइतबार, भदौ ७, २०८३

कीर्तिपुरका स्थानीयले समाते चितुवा

बिहीबार मध्यराति गाउँमा पसेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

काठमाडौं- बिहीबार मध्यराति गाउँमा पसेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

राति करिव १० बजेतिर गाउँमा पसेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।

चितुवलाई स्थानीयले नियन्त्रणमा लिएर तारले बाँधेर राखेका थिए। त्यसपछि उनीहरुले चिडियाखानालाई खबर गरेका थिए।

उक्त चितुवालाई उद्धार गरेर जाउलाखेलस्थित चिडियाखानामा ल्याइएको चिडियाखानाका भेटेरेनरी डाक्टर राधाकृष्ण घर्तीले जानकारी दिए।

अन्दाजी १० वर्ष जतिको भाले चितुवालाई बेहोस पारी उद्धार गरिएको हो। चितुवालाई पर्सा वन्यजन्तु आरक्षमा लगेर छोडिने चिडियाखानाले जनाएको छ।

कीर्तिपुरमा लकडाउनको अवधिमा गाउँ पसेको यो दोस्रो चितुवा हो। यसअघि एक चितुवाले मानिसलाई आक्रमण गरेपछि स्थानीयले मारेका थिए।

प्रकाशित: May 29, 2020| 13:57 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।