शुक्रबार, पुस ११, २०८२

सोती घटना : मृतकको संख्या ५ पुग्यो, १ जना अझै बेपत्ता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ।
 |  बिहीबार, जेठ १५, २०७७

देव राना

देव राना

बिहीबार, जेठ १५, २०७७

सुर्खेत- रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ।

National life

भेरी नगरपालिका–१३ कालाभीर मन्दिर नजिकै भेरी नगरपालिका वडा नं ११ का १८ वर्षकै सञ्जु (सन्दीप) विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।

योसँगै घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने अझै एक जना बेपत्ता छन्। सोही घटनामा बेपत्ता १७ वर्षीय गोविन्द शाही ५ दिनदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढामगर, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भइसकेको छ। सबैजनाको शव भेरी नदीमा भेटिएको हो।

घटनामा संलग्न रहेको भन्दै मृतक नवराज, गणेश र टीकारामका आफन्तले चौरजहारी नगरपालिका–८ सोतीकी नवराज विककी प्रेमिका १७ वर्षीया किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध किटानी जहोरी दिएका छन्।

Laxmi sunrise bank
kumari

किटानी दिएकामध्ये १८ पक्राउ परिसकेका छन् भने बाँकी २ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ। घटनामा २ सय बढी गाउँलेहरु सलग्न रहेको मृतकका आफन्तहरुले बताउँदै आएका छन्।

प्रकाशित: May 28, 2020| 14:59 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।