बिहीबार, मंसिर ४, २०८२

प्रकाशकीय : ‘नेपाल समय’ तेस्रो वर्षमा प्रवेश

असहज परिस्थितिका माझ पनि चुनौतीहरुलाई पन्छाउँदै मिडियामार्फत पाठकलाई सुसूचित गराउने काममा हामी निरन्तर लागिरहने छौं। हामी जस्तोसुकै परिस्थितिमा पनि रचनात्मक रुपमा अघि बढिरहनेछौं।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

नेपाल समय मिडिया आज दुई वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ।

National life

यस पावन अवसरमा म मिडियाका तर्फबाट हाम्रा पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

डिजिटल मिडियाको इतिहासमा दुई वर्षको अवधि केही पनि होइन। तर, यो दुई वर्षमा एउटा संस्था जन्माएर त्यसको पहिचान स्थापना गर्नु सजिलो कुरा पनि होइन।

हाम्रा प्रिय पाठक र पत्रकारहरुको अमूल्य योगदानबाट हामीले बेग्लै पहिचान स्थापना गर्न सफल भएका छौं। यही पहिचानका कारण हामीमाथि नागरिकलाई थप सुसूचित बनाउन दायित्व थपिएको छ। त्यसैले डिजिटल मिडियाको भिडमा हामीे अझै विशिष्टिकृत हुँदै जाने प्रयासमा छौं। हाम्रो प्रयासले आमनागरिकको जीवनस्तर, सोचाइ र समृद्धिमा योगदान पुग्नेछ भन्नेमा विश्वस्त छौं।

राजनीतिक परिवर्तनसँगै सञ्चारमाध्यमको भूमिका पनि बदलिइरहन्छ। हिजोका दिनमा आमसञ्चारमाध्यमले लोकतन्त्र प्राप्ति, राजनीतिक संक्रमणकालको अन्त्य र दिगो शान्तिका लागि वकालत गथ्र्यो। तर आजको सञ्चारमाध्यम नागरिकको अधिकार, मुलुकको सामाजिक एवम् आर्थिक विकासका मुद्दाहरुमा केन्द्रित हुनुपरेको छ। भ्रष्टाचार र अनियमितताविरुद्धको खबरदारीमा सक्रिय हुनुपरेको छ। यसका लागि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह अनिवार्य हुन्छ। त्यसैले हामी निष्पक्ष पत्रकारिताप्रति निष्ठावान् छौं र रहिरहनेछौं। कसैप्रति आग्रह/पूर्वाग्रह राख्दैनौं। व्यावसायिक पत्रकारिता हाम्रो मूल मन्त्र हो।

Laxmi sunrise bank
kumari

वार्षिकोत्सवको यस अवसरमा नेपाल समय डट कम अनलाइन पोर्टल लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै सत्य–तथ्य सूचना सम्प्रेषणमा सक्रिय रहिहरने विश्वास दिलाउन चाहन्छु।

कोरोना भाइरस महामारीले विश्वभरको आर्थिक परिवेश खल्बलिँदा त्यसको असर हाम्रो समाजमा पनि परेको छ। यसको प्रभाव कतिसम्म पर्ने हो अनिश्चित छ।

यो असहज परिस्थितिका माझ पनि चुनौतीहरुलाई पञ्छाउँदै मिडियामार्फत पाठकलाई सुसूचित गराउने काममा हामी निरन्तर लागिरहने छौं। हामी जस्तोसुकै परिस्थितिमा पनि रचनात्मक रुपमा अघि बढिरहनेछौं।

नेपाल समय मिडियाको दोस्रो वार्षिकोत्सवको यो सुखद अवसरमा आमपाठक, विज्ञापनदाता र शुभचिन्तक सबैबाट देखाउनुभएको सदाशयताको कदर गर्दछौं। भविष्यमा रचनात्मक सुझाव र सहयोगको अपेक्षासहित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। साथै १३ औं गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। धन्यवाद!

विश्वनाथ शाह
अध्यक्ष

प्रकाशित: May 28, 2020| 07:07 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...