बिहीबार, जेठ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बझाङमा पनि कोरोना संक्रमित, सुर्खेतमा एकै दिन १३ जना थपिए

बझाङमा पनि कोरोना संक्रमित, सुर्खेतमा एकै दिन १३ जना थपिए

सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बझाङका ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
 |  बुधबार, जेठ १४, २०७७

देव राना

देव राना

बुधबार, जेठ १४, २०७७

सुर्खेत- बझाङ पनि कोरोना संक्रमित भेटिएका छन्।

National life

सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बझाङका ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

बुधबार सुर्खेतमा पीसीआर परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यद्यपि एक जना महिला बोल्न नसक्ने भएका कारण उनको विवरण खुलेको छैन। उनको विवरणका लागि प्रहरीसँग सूचना संकलन भइरहेको तिवारीले बताए।

नयाँ संक्रमित १५ जनामध्ये वीरेन्द्रनगर नगरपालिका ३ महिलासहित १० जना, चौकुने गाउँपालिका २ महिलासहित ३ जना छन्। जसमा वीरेन्द्रनगर ४ का ६ जना, वडा ३ का १ जना, वडा ५ का १ जना, वडा ९ का १ जना, वडा ११ का १ जना र चौकुने गाउँपालिकाका ३ जना छन्।

यसअघि सुर्खेतका १५ र दैलेखका ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। योसँगै कर्णालीमा कोरोना सँक्रमितको संंख्या ३६ पुगेको छ। भारतबाट फर्कंंदै गर्दा मंगलबार राति मृत्यु भएका युवकको रिपोर्ट भने नेगेटिभ आएको छ।

Shivam cement

प्रकाशित: May 27, 2020| 18:35 बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।