आइतबार, भदौ ७, २०८३

सप्तरीमा एकै दिन थपिए ११ जना, सबै भारतबाट आएका

सप्तरीमा एकै दिन ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार सप्तरीमा ११ जना नयाँ संक्रमित पुष्टि भएको हो ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

सप्तरीमा एकै दिन ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार सप्तरीमा ११ जना नयाँ संक्रमित पुष्टि भएको हो ।

सप्तरीको बोदे बरसाईन र सुरुङ्गा नगरपालिका तथा बलान विहुल गाउँपालिका गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

स्वास्थ्य प्रमुख यादवका अनुसार बोदे बरसाईनमा ८, बलान विहुलमा २ र सुरुङ्गा नगरपालिकाका एकजनामा संक्रमण देखिएको छ । मंगलबार संक्रमण पुष्टि भएका सबै ११ जना भारतबाट आएको उनले बताए । भारतमा यातायात सञ्चालन भएपछि उनीहरु सप्तरी फर्किएको यादवले जानकारी दिए । संक्रमण देखिएका उनीहरु सबैजना क्वारेन्टिनमा रहेको उनले बताए ।

सप्तरीका स्वास्थ्य प्रमुख यादवले ११ जना संक्रमित थपिएसँगै उनीहरुलाई भर्ना गर्न आइसोलेसन बेडको अभाव भएको बताए । यसअघिका ४ र मंगलबार ११ जना थपिएपछि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा समेत बेडको अभाव भएको उनले बताए ।

‘गजेन्द्रनारायण सिंह अस्पतालमा बेडको अभाव भएको छ, साई कृष्णा मेडिकल हलको आइसोलेसन तयार भएको छैन,’ उनले भने,‘थपिएका संक्रमितहरुलाई कहाँ राख्ने समस्या भएको छ ।’ मंगलबार थपिएका मध्ये एकजना महिलासमेत रहेकोले आइसोलेसनमा व्यवस्थापन गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

११ जना थप भएपछि आरडीटी पोजिटभ भएर आइसोलेसनमा भर्ना भएका चारजनालाई स्वाब परीक्षणको रिपोर्ट नआउँदै नकिालिएको बताइएको छ ।

मंगलबार ११ जना थपिएसँगै सप्तरीमा संक्रमितको संख्या १५ पुगेको छ भने प्रदेश २ मा कुल संक्रमितको संख्या २७९ भएको छ ।

प्रकाशित: May 26, 2020| 20:23 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।