आइतबार, भदौ ७, २०८३

नागरिक अपिल : रुकुम घटनाका दोषीमाथि कारबाही गरियोस्

नागरिक समाजका विभिन्न व्यक्तित्वहरुले पश्चिम रुकुममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसमक्ष अपिल गरेका छन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं- नागरिक समाजका विभिन्न व्यक्तित्वहरुले पश्चिम रुकुममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसमक्ष अपिल गरेका छन्। शनिबार चौरजहारी नगरपालिका ८ मा भएकाे घटनामा तीन जनाको मृत्यु भएकाे छ भने तीनजना बेपत्ता छन्। 

अन्तरजातीय विवाह रोक्न स्थानीयले ढुङ्गामुढा लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीनजनाको शव फेला परेको छ। 

घटनामा स्थानीय निर्वाचित प्रतिनिधिसमेत कुटपिट गर्ने अपराधमा सामेल हुनु खेदजनक रहेको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनीहरुले नेपालको संसदले  २१ जेठ ०६३ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेकोतर्फ कानुन पालना गराउने निकायको ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमा भनिएको छ, 'चौरजहारी घटना गम्भीर र आपराधिक प्रकृतिको देखिन आएकाले हामी यसको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न तथा दोषीलाई कानुनको दायरामा ल्याई हदैसम्म सजाय गरी कानुनको शासन र न्यायको प्रत्याभूति गर्न सरकारसँग माग गर्दछौं।'

उनीहरुले यस विषयमा राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगको समेत ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमा मृतक परिवारप्रति समवदना प्रकट गर्दै बेपत्ता व्यक्तिहरुको तत्काल खोजी गरी पीडितलाई कानुनबमोजिम क्षतिपूर्तिसहित सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन अपिल गरेका छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्नेमा दमननाथ ढुंगाना, अर्जुन ढकाल, अर्जुन कार्की, भोजराज पोखरेल, विपिन अधिकारी
वीरेन्द्र मिश्र छन्।

यस्तै विज्ञप्तिमा चाँदनी जोशी, चरण प्रसाईं, गणेश मण्डल, कनकमणि दीक्षित, कपिल श्रेष्ठ, केदारभक्त माथेमा, लिली थापा, राजेन्द्र दाहाल, रामेश्वर खनाल, रेम विश्वकर्मा, रेणु अधिकारी, रीता थापा, श्याम श्रेष्ठ, सुशील प्याकुरेल, टीका ढकालले हस्ताक्षर गरेका छन्।

प्रकाशित: May 26, 2020| 19:30 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।