आइतबार, भदौ ७, २०८३

भारतमा कोरोना लागेर निको हुनेकोे दर ४१.६१ प्रतिशत

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको त्यहाँको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको त्यहाँको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या पनि विश्वको कम क्षति हुने मुलुकहरूमा जस्तै रहेको मन्त्रालयको दावी छ।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले पत्रकार सम्मेलनमा भनेका छन्, अहिलेसम्म ६० हजार ४९० कोभिड–१९ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

कोरोना भाइरस सङ्क्रमण निको हुनेको दर अहिलेसम्म ४१.६१ प्रतिशत रहेको छ । हाल सङ्क्रमितमध्येमा मृत्यु दर पनि विश्वमा कोरोना भाइरस प्रकोप रहेका अन्य ठूला मुलुकहरूको तुलनामा निकै कम अर्थात् २.८७ प्रतिशत छ ।

विश्वभर प्रति एक लाखमा ६९.९ व्यक्तिमा सङ्क्रमण रहेकोमा भारतमा यो दर प्रति लाखमा १०.७ छ । यो तुलना विश्वभर सङ्क्रमितको सङ्ख्यामा आधारित रहेर गरिएको गरिएको हो ।

भारतमा बन्दाबन्दी (लकडाउन), सामाजिक दूरी कायम गर्नेजस्ता अन्य मार्ग निर्देशनलाई अन्य मुलुकहरूको तुलनामा राम्रोसँग पालना गरिएको र सङ्कटलाई अन्य मुलुकमाभन्दा नियन्त्रणमा राख्न सम्भव देखिएको अग्रवालले दाबी गरेका छन्।

उनले विश्वका अन्य प्रभावित मुलुकहरूको तुलना गर्दै भने, “स्पेनमा सङ्क्रमित दर प्रति लाख ५०४ छ भने बेल्जियममा ४९९, अमेरिकामा ४८६ छ भने मेक्सिकोमा ५२.२ रहेको छ ।”
धेरै सङ्क्रमण रहेका मुलुकहरूको तुलनामा भारतमा सङ्क्रमितको मृत्यु निकै नै थोरै भएको सहसचिव अग्रवालले बताए।

उनले भने, “यद्यपि महामारीमा ज्यान गुमाएका हरेक व्यक्तिको मृत्युको पीडावोध राज्यले गरेको छ । विश्वमा कोभिड–१९ बाट बढी सङ्क्रमित भएका मुलुकहरूमध्ये भारत कम प्रभावित मुलुक हो । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दर ६.४ प्रतिशत रहेकोले भारतमा मृत्यु हुनेको सङ्ख्या दरलाई निकै कम भनिएको हो ।”

भारतमा मङ्गलबारसम्ममा एक लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने विगत २४ घण्टामा देशभर सङ्क्रमितको सङ्ख्या छ हजार ५३५ छ।
रासस

प्रकाशित: May 26, 2020| 19:05 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।