आइतबार, भदौ ७, २०८३

४६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ७७२

आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं- आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।

साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मंगलबार मात्रै कपिलवस्तुमा २६ जना संक्रमित थपिएका छन्। रौतहटमा २२ जना संक्रमित थपिएका छन्। त्यस्तै बारामा ५ र सिराहामा ४ जना संक्रमित थपिएका छन्। बारामा भेटिएका २ जना जुम्लाका हुन्।

त्यस्तै सुर्खेतमा १२ जना संक्रमित थपिएका छन्। बाँकेमा ७ जना संक्रमित थपिएका छन्। स्याङ्जा, महाेत्तरी, गुल्मी र अर्घाखाँचीमा २–२ जना संक्रमित थपिएका छन्। रुपन्देही, धनुषा, अछाम र कैलालीमा १-१ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म कोरोना संक्रमितमध्ये १ सय ५५ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।

प्रकाशित: May 26, 2020| 16:52 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।