आइतबार, भदौ ७, २०८३

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुग्यो

सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको सेती प्र्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

धनगढी - सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको सेती प्र्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

अछामकी बालिका जेठ ८ गते आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर भारतबाट आएकी थिइन्। बुवामा कोरोना संक्रमण पुष्टि भएपछि बालिकामा गरिएको परीक्षण पनि पोजेटिभ आएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

भेटिएका नयाँ संक्रमितसँगै सुदूरपश्चिममा कुल संक्रमितको संख्या १७ पुगेको छ। पाँच जना भने उपचारपछि नीको भइसकेका छन्।

प्रकाशित: May 26, 2020| 16:40 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।