आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : साझा पार्टी

रुकुम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : साझा पार्टी

रुकुम पश्चिमको हत्याकाण्ड मानवताविरुद्धको बर्बर र नृशंश अपराध भएको साझा पार्टीले जनाएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं– रुकुम पश्चिमको हत्याकाण्ड मानवताविरुद्धको बर्बर र नृशंश अपराध भएको साझा पार्टीले जनाएको छ।

आज प्रेस विज्ञप्ति जारी गर्दै साझाले घटनाको निष्पक्ष छानबिन गर्न मागसमेत गरेको छ।

गत शनिबार राति आफ्नो प्रेमिकासँग बिहे गर्न भनी हिँडेका नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको सामूहिक हत्या भएको थियो। नवराजसँगै गएका थप तीन जना अझै बेपत्ता छन्।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। छानबिन राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टीले खबरदारीसमेत गरेको छ।

‘जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नको लागि संवैधानिक र कानूनी व्यवस्था गरेर मात्र पुग्दैन,’ साझाले भनेको छ, ‘त्यसको प्रभावकारी, व्यवहारिक कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको निर्माण, दोषीमाथि कडाभन्दा कडा सजायको स्पष्ट व्यवस्था पनि हुनुपर्छ।’

राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गर्न पनि साझाले माग गरेको छ।

साझाले आम नागरिक र आफ्ना सदस्यलाई विभेदविरुद्ध उभिन आग्रह पनि गरेको छ।

 

प्रकाशित: May 26, 2020| 16:24 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।