आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणी अस्पताल सेनिटाइज गरिँदै, ओपीडी खुल्नेमा अन्योल

नारायणी अस्पताल सेनिटाइज गरिँदै, ओपीडी खुल्नेमा अन्योल

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित सबै डिस्चार्ज भए पनि ओपीडी सेवा सञ्चालन गर्नेबारे अन्योल कायमै छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरसका संक्रमित सबै डिस्चार्ज भए पनि ओपीडी सेवा सञ्चालन गर्नेबारे अन्योल कायमै छ।

प्रसूति वार्ड ब्लकमा उपचाररत संक्रमित सोमबार डिस्चार्ज भएपछि आज वारुण यन्त्रका कर्मचारीहरुले सेनिटाइजको काम गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले हिजो ७२ घण्टाभित्र अस्पताललाई सञ्चालनमा ल्याइने बताएका थिए। यद्यपि, उक्त अस्पताल संघीय सरकारअन्तर्गत रहेकाले मेयर सरावगीको भनाइको अर्थ नहुने चिकित्सकहरु बताउँछन्।

कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले भने, ‘स्वास्थ्य मन्त्रालयको निर्देशन र गाइडलाइन बिना अस्पताल सञ्चालन गर्नु घातक हुन सक्छ।हामी मन्त्रालयकै निर्णय पर्खिरहेका छौं।’

निकै पुरानो भवन भएकाले ग्रिल, भित्ता, शौचालयलगायतमा पटक–पटक सेनिटाइज गर्नुपर्ने अर्का चिकित्सक निरज सिंहले बताए ।

उनले भने, ‘सञ्चालनमा आएपछि पनि पटक पटक सेनिटाइज गर्नुपर्छ । सुरक्षाका गाइडलाइन बनाएपछि मात्रै ओपीडी सेवा सञ्चालन गर्न सकिन्छ।’

हाल पर्सामा वीरगन्जको गण्डकस्थित अस्थायी हस्पिटल गण्डकमा ३० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । नारायणी अस्पतालबाट भने सबै बिरामी डिस्चार्ज भइसकेका छन्।

 

प्रकाशित: May 26, 2020| 15:59 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।