आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'रुकुम पश्चिम हत्याकाण्डले उब्जाएका ३ प्रश्नमा गम्भीर बनौं'

'रुकुम पश्चिम हत्याकाण्डले उब्जाएका ३ प्रश्नमा गम्भीर बनौं'

नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको हत्याकाण्डको छानबीन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं – नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको हत्याकाण्डको छानबीन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले कारबाहीको मागसहित हत्याकाण्डले उब्जाएको ३ प्रश्नमा गम्भीर बन्न समेत सरकारलाई आग्रह गरेको छ। कांग्रेसले सामाजिक विभेद र बिसंगतिको प्रश्न, राज्य प्रशासनको भूमिकामा प्रश्न र निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न भन्दै तीन प्रश्न खडा भएको बताएको छ।

सामाजिक विभेद र बिसंगतिको प्रश्नमा कांग्रेसले भनेको छ, ‘ कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ। नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ।’

यस्तै राज्य प्रशासनको भूमिकामा प्रश्न गर्दै कांग्रेसले भनेको छ, ‘लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो। राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रीय सरकारको धारणा माग गर्दछ।’

कांग्रेसले अन्तिम प्रश्न निष्पक्ष अनुसन्धान र दण्डमा गरेको छ। कांग्रेस भन्छ, ‘केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं। जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ।’

घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेसले भेरी नदीमा बेपत्ता भएका भनिएका अन्यको खोजी गर्न नेपाल सरकार समक्ष आग्रहसमेत गरेको छ।

प्रकाशित: May 26, 2020| 15:01 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।