आइतबार, भदौ ७, २०८३

‘कोरोनापछि भरपर्दो उद्यम कृषि नै हो ’

रुपन्देही क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद एवं कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफ्नो निर्वाचन क्षेत्रका उद्यमी–व्यवसायीहरुसँग कोरोनाको संकट र कोरानापछिको अवस्थाको विषयमा छलफल शुरु गरेका छन् ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

रुपन्देही क्षेत्र नम्बर ३ बाट संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद एवं कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफ्नो निर्वाचन क्षेत्रका उद्यमी–व्यवसायीहरुसँग कोरोनाको संकट र कोरानापछिको अवस्थाको विषयमा छलफल शुरु गरेका छन् ।

अनलाइन छलफलमा सिद्धार्थ उद्योग वाणिज्य संघ आवद्ध उद्यमीहरु सहभागी भएको संघका कार्यसमिति सदस्य मंगल भण्डारीले बताए । बैठकमा सहभागीले कोरोनाका कारण पर्यटन क्षेत्र उकासिन चार–पाँच वर्ष लाग्ने, शिथिल भएका अन्य उद्योग पनि तंग्रिनलाई समय लाग्ने भएकाले तत्काल कृषि उद्यमलाई राज्यले प्राथमिकता दिएर आगामी बजेटमा समेट्नुपर्नेमा जोड दिए।

छलफलमा कृषि मन्त्री भुसालले सरकारले आर्थिक गतिविधिको कुनैपनि सम्भावनालाई उपयोग गर्न लागिपरेको बताए । ‘कृषि शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम गर्दैछौं । पर्याप्त प्राविधिक नहुँदा कृषिमा समस्या आएको छ । कृषि मान्छेको बाँच्ने कुरासँग सम्बन्धित छ । सामाजिक स्थायित्व, राष्ट्रिय उत्पादनसँग मात्र नभएर सार्वभौमसत्तासँग समेत कृषि क्षेत्र जोडिएको हुँदा यसमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’

कृषि सामग्री राज्यले उपलब्ध गराउनुपर्ने र सस्तो तथा सुलभ क्रण उपलब्ध गराउनुपर्ने बताउँदै मन्त्री भुसालले बिमा तथा कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिनुपर्नेमा जोड दिए।

आगामी बजेटमा कोरोनाका कारण बाहिरबाट स्वदेश फर्केकाहरुलाई कृषि उद्यममा जोड्नेगरी कार्यक्रम ल्याउन लागेको समेत उनले बताए ।

उनले भने, ‘अहिलेको परिवेशमा कृषि उद्यमको विकल्प छैन । पर्यटनले घुँडा टेकेको छ । उत्पादनमूलक उद्योग डुब्ने अवस्थामा छन् । अन्य व्यापार पनि समस्याग्रस्त छ । यो बेला कृषिमात्रै आशालाग्दो क्षेत्र हो । वैदेशिक रोजगारबाट स्वदेश फर्केका बेरोजगारहरुलाई जति सकिन्छ, कृषिमा जोड्ने हो ।’

बाँझो जमिन उपयोग गर्ने र चक्लाबन्दीमा लैजाने कुरामा बजेट केन्द्रित गर्ने तयारी गरेको समेत उनको भनाइ थियो । उनले भने, ‘पहाडमा ३० प्रतिशत बाँझो जमिन छ ।

तराईमा पनि ठूलो बगरको जमिन छ । ती जमिनमा फलफूल वा मौसमी तरकारी के गर्न सकिन्छ, गरिहाल्नुपर्छ । पहाडमा फलफूल खेतीमा जोड दिनुपर्छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना त्यसतर्फ केन्द्रित गरेर बाँझो जमिन उपयोग गर्नेतर्फ सरकार तयारी गर्दैछ ।’

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवालले कृषिमा प्रतिफल जरुरी रहेको बताए । उन्नत बिउको उपलब्धता, मलको उपलब्धता, सिँचाइ र प्रविधिको व्यवस्थापन मिलाएर सहकारीको मोडलमा कृषिलाई अगाडि बढाउनुर्ने पनि उनले सुझाव दिए ।

विदेशमा जस्तो सहकारीको माध्यमबाट व्यवस्थापन गरेमा कृषि उद्यम नाफामुखी हुने उनले बताए । अग्रवालले कृषि उत्पादनको विक्रीको ग्यारेन्टी आवश्यक रहेको समेत बताए ।

महासंघका अर्का केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्माले बन्द रहेका उद्योगमा विद्युत् महसुल, वित्तीय संस्थाको ब्याजको विषयमा सरकारले ध्यान दिनु जरुरी रहेको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले किसानलाई सहयोग हुनेगरी ठोस नीति सहितको बजेट ल्याउनु जरुरी रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले सरकारले तत्काल बीउ र मलखादको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

उद्यमी अरुण गोयन्काले कोरोनापछिको आर्थिक अवस्था उकास्ने नै कृषि नै भएको तर्क गर्दै व्यापार घाटा घटाउन पनि कृषिमा जोड दिनुपर्ने बताए । उनले भने, ‘प्रत्यक्ष किसानको खातामा अनुदान दिनेगरी व्यवस्था गरिएमा ठीक हुन्छ । कृषिमा आधारिीत उद्योगलाई प्रोत्साहन दिनुपर्छ । भारतबाट आयात हुने कृषिजन्य पदार्थ आयातलाई निरुत्साहित गर्नुपर्छ ।’

अर्का उद्यमी भिष्म प्रसाद न्यौपानेले बस्ती व्यवस्थापनलाई पनि कृषिसँगै योजनाबद्ध रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उद्योगी ठाकुर कुमार श्रेष्ठले आगमी बजेटमा विशेष उत्पादनमूलक क्षेत्रलाई जोड दिनुपर्ने बताए । पर्यटन उद्यमी सन्जय बजिमयले भने, ‘हामी पर्यटन क्षेत्र डुबेका छौं । पर्यटनलाई कृषितर्फ केन्द्रित गर्न चाहन्छौंं । कार्गो मार्फत एग्रोसँग लिंकेज गर्नेगरी सरकारले योजना ल्याएमा फलदायी हुन्छ ।’

उद्यमी यमकला न्यौपानेले किसानहरुले ब्याज कहिले सम्म तिर्ने भन्ने निश्चितता जरुरी रहेको बताइन् । भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद घिमिरेले भन्सारबाट निर्वाध रुपमा हरियो तरकारी आयत भइरहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।

व्यवसायी विजय पाण्डेले धेरै मान्छे कृषि गर्न इच्छूक भएता पनि कृषि शिक्षा र प्राविधिक शिक्षाको अभावमा बेलाबेला समस्या सिर्जना भइरहेको बताए ।

व्यवसायी मंगल भण्डारीले उद्यमी व्यवसायीलाई प्रोत्साहन हुनेगरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।

बैठकमा विभिन्न क्षेत्रमा उद्योग सचालन गरेका उद्यमीहरुले अबको कोरोनापछिको आर्थिक विकासको आधार कृषि उद्यम भएको निष्कर्ष निकाल्दै मन्त्री भुसाललाई दीर्घकालिन कृषि उद्यमका योजना ल्याउन आग्रह गरेको जिवलाल अर्यालले जानकारी दिए।

 

 

 

 

 

 

 

 

प्रकाशित: May 26, 2020| 14:15 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।