आइतबार, भदौ ७, २०८३

प्रदेश २ मा सातामै फर्किए १० हजार नेपाली

भारत सरकारले रेल सञ्चालन गरेसँगै अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रम तीव्र भएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

जनकपुरधाम- भारत सरकारले रेल सञ्चालन गरेसँगै अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रम तीव्र भएको छ। पछिल्लो एक साताभित्र भारतमा अलपत्र परेका करिब १० हजार मानिस प्रदेश २ मा आएका छन्।

साताअघि भारतको विभिन्न स्थानबाट फर्केर नाकामा अलपत्र परेका नेपालीलाई उद्धार गरी स्वदेश भित्र्याउन सुरु गरिएको हो। नाकामा अलपत्र परेकालाई नाका प्रवेश गर्न र सम्बन्धित स्थानीय तहसम्म पु¥याउन प्रदेश २ का सबै जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको छ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रदेशको सबै जिल्ला गरी सोमबारसम्म १० हजार २४ जना नेपाली भारतबाट प्रदेश २ मा आइपुगेको जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जेठ १ देखि सोमबारसम्म प्रदेश २ को सबै जिल्ला गरी १० हजार २४ जना प्रदेशमा भित्रिएको बताए।

“भारतबाट फर्र्र्किएकाको नाकामा स्वास्थ्य जाँच गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टिन पठाउने गरिएको उनले बताए। भारतबाट आएकाहरुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर सोझै क्वारेन्टिन पठाइरहेका छौं,” उनले भने, “प्रदेश २ बाहेकका जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर पठाउने काम भइरहेको छ।”

पछिल्लो पटक भारत सरकारले दिल्ली, महाराष्ट्र, पन्जाब लगायतका स्थानबाट रेल सञ्चालन गरेपछि ती स्थानमा रहेका नेपालीहरु फर्किने क्रम बढेको छ। भारतमा रहेका नेपालीहरु धमाधम फर्किन थालेपछि प्रदेश २ को जिल्लामा क्वारेन्टिन व्यवस्थापनमा समेत चुनौती थपिएको छ।

थपिँदै क्वारेन्टिन

रोजगारी तथा अध्ययन लगायतका लागि भारत गएका नेपालीहरु फर्किन थालेपछि उनीहरुको व्यवस्थापन गर्न प्रदेश २ मा क्वारेन्टिनको संख्या पनि थप्न सुरु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश २ भित्र आइतबारसम्म दुई सय ६४ क्वारेन्टिनमा १२ हजार ९ सय १८ बेड संख्या रहेकोमा अहिले १४ हजार दुई सय ३२ सम्म बेड विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, सोमबारसम्म ९ हजार दुई सय २० जना क्वारेन्टिनमा रहेकोमा मंगलबार १० हजार ६ सय ९७ जना पुगेको छ।

प्रकाशित: May 26, 2020| 14:08 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।