आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साेती घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानवअधिकार आयोग

साेती घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानवअधिकार आयोग

अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं- अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिमकाे साेतीमा भएको अमानवीय घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ।

घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बूढाको हत्या भएको छ भने अन्य ३ जनाको स्थिति अज्ञात छ।

आयोगले भनेको छ, 'यस्तो अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकार, स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछ।'

आयोगले मंगलबार विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी र प्रशासनलाई आवश्यक पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको जनाएको छ।

यस्तै आयोगले देशका विभिन्न जिल्लामा बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्य सहनशीलता कायम गरी सबै घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानुनी कारबाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत आग्रह गरेको छ।

छानबिन गर्न समिति गठन

प्रकाशित: May 26, 2020| 14:15 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।