NadaNada
आइतबार, भदौ १, २०८२

नेपालकाे नयाँ नक्सा समेटिएकाे संसदको लोगो प्रचलनमा

संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ।
 |  मंगलबार, जेठ १३, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

vianetvianet

काठमाडौं- संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ। अद्यावधिक गरिएको नेपालको नक्सा राखेर संसदको लोगो परिवर्र्तन गरिएको हो। 

परिवर्तित लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको छ। सरकारले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते जारी गरेको थियो।

सरकारले नेपालको नक्सा अद्यावधिक गरेपछि संसद्ले पनि नयाँ नक्साअनुसार लोगो परिवर्तन गरेको हो। सांसदहरूले लगाउने लोगो र रोस्ट्रममा भएको प्रतीक चिह्न पनि नयाँ नक्साअनुसार परिमार्जन गरिएको छ।

निशाना छाप परिवर्तन गर्न भने संविधान संशोधन गर्नुपर्ने हुन्छ। संविधान संशोधनका लागि सरकारले संसदमा विधेयक दर्ता गरिसकेको छ।

प्रकाशित: May 26, 2020| 13:53 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।