आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुम पश्चिमको घटनाबारे के भने गृहमन्त्रीले ? (भिडियोसहित)

रुकुम पश्चिमको घटनाबारे के भने गृहमन्त्रीले ? (भिडियोसहित)

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा रुकुम पश्चिममा भएको घटनामा संलग्नलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा रुकुम पश्चिममा भएको घटनामा संलग्नलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनअनुसार कारवाही गर्ने थापाले प्रतिवद्धता जनाएका हुन्।

मंगलबार राष्ट्रियसभामा गृहमन्त्री थापाले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए।

जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको भन्दै थापाले बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको जानकारी दिए। ‘कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ छ,’ थापाले भने, ‘जोसुकै भएपनि कानुनी कारबाही गरिन्छ।’

साथै थापाले घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

सांसदहरूले जातीय भेदभावका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। प्रमुख प्रतिपक्षी कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको सत्यतथ्य र त्यसविरुद्ध चालिएका कदमबारे जानकारी गराउन माग गरेका थिए।

कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताएका थिए।

जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी युवतीबीचको प्रेम सम्बन्धलाई बिहेबारीमा परिणत गर्न गएकाहरुमाथि सांघातिक आक्रमण भएको थियो।

 

प्रकाशित: May 26, 2020| 12:54 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।