आइतबार, भदौ ७, २०८३

रौतहटमा थपिएका २१ संक्रमित भारतबाट आएका

भारतबाट फर्किएका उनीहरु सबैजना अहिले क्वारेन्टिनमा छन्। संक्रमितको संख्या थपिँदै गएपछि आइसोलेसन बेड व्यवस्थापन गर्न चुनौती थपिएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

जनकपुरधाम- प्रदेश २ को रौतहटमा थप २१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार रौतहटमा २१ जना नयाँ संक्रमित थपिएको हो।

यसअघि रौतहटमा सोमबार बिहान २६ र राति १ जनामा संक्रमण पुष्टि भएको थियो। रौतहटका कोरोना फोकल पर्सन महेश साहले मंगलबार संक्रमण पुष्टि भएकामध्ये ८ जना गौर नगरपालिका, १ जना गरुडा नगरपालिका र १२ जना देवाही गोनाही नगरपालिकाको रहेका बताए।

मंगलबार कोरोना पुष्टि भएका सबै भारतको मुम्बई, दिल्ली, पञ्जाबलगायतका स्थानबाट फर्किएको साहले बताए। उनीहरु सबैजना जेठ २ देखि ३ गतेभित्र रौतहट आएको उनीहरुको स्वाब ६ गते संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

‘भारतबाट फर्किएका उनीहरु सबैजना अहिले क्वारेन्टिनमा छन्,’ साहले भने, ‘संक्रमितको संख्या थपिँदै गएपछि आइसोलेसन बेड व्यवस्थापन गर्न चुनौती थपिएको छ।’

आइसोलेसन बेड अभाव भएपछि स्थानीय तहहरु आफैं व्यवस्थापनमा जुटेको उनको भनाइ छ। ‘हरेक दिन संक्रमित थपिँदै छ, आइसोलेसन बेड अपुग भइसकेको छ, जिल्लामा रहेका ४० वटा आइसोलेसन बेड करिबकरिब भरिएको छ,’ उनले भने, ‘सोमबार संक्रमण पुष्टि भएका २४ जनालाई राजपुर फरहदवा नगरपालिकाको पिपरा स्वास्थ्य केन्द्रमा राखेका छौं।’

ईशनाथ नगरपालिकाका दुईजनालाई गौरस्थित नर्सिङ कलेजको आइसोलेसनमा राखिएको उनले बताए ।

रौतहटमा किट अभाव हुँदा स्वाब संकलनको दर बढ्न नसकेको साहको भनाइ छ। उनका अनुसार जेठ ६ गते १२३ जनाको स्वाब संकलन भएकोमा २७ जना संक्रमित भेटिएका छन्। सोमबारसम्म संकलन गरिएका १ हजार ११२ जनाको नतिजा अझै आउन बाँकी छ।

प्रदेश सरकारले भीटीएम किट उपलब्ध नगराउँदा स्वाब संकलनमा समस्या देखिएको उनले बताए ‘हामीले आवश्यकताअनुसार भीटीएम किट पाउन सकेका छैनौं,’ किट लिन रौतहटबाट जनकपुर पुगेका साहले भने, ‘हामीलाई अहिले कम्तीमा तीन हजार भीटीएम किट जरुरी छ, तर सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको छैन।’

प्रकाशित: May 26, 2020| 12:35 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।