आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्युठानमा क्वारेन्टिन बसेकी महिलाको मुत्यु, ५ दिन अघिमात्र सपरिवार भारतबाट आएकी थिइन्

प्युठानमा क्वारेन्टिन बसेकी महिलाको मुत्यु, ५ दिन अघिमात्र सपरिवार भारतबाट आएकी थिइन्

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।

उनी लामो समयदेखि भारतमा ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए।

महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताए।

परिवारका पाँच सदस्यको कोरोना आरडिटी परीक्षण हुँदैछ। स्वास्थ्य शाखा प्रमुख गुरुङले भने, ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिन्छौँ ।’

रासस

प्रकाशित: May 26, 2020| 12:29 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।